दशकदेखि सुनसान सुदूरका आधादर्जन विमानस्थल
२९ साउन, कञ्चनपुर - कुनैबेला निकै चलनचल्तीमा आएको कञ्चनपुरको मझगाउँ विमानस्थल यतिबेला गौचरनमा परिणत भएको छ । डेढ दशकअघि यो विमानस्थलमा जहाज चढ्नेको मात्र होइन हेर्न आउने सर्वसाधारणको समेत घुइँचो लाग्थ्यो । तर अचेल दिनभर गाईभैँसी र बाख्रा चराउनेको भीडमात्र देख्न मिल्छ ।
त्यसैगरी, बैतडीको पाटनमा रहेको विमानस्थल पचासको दशकमा सरकारले सडक सेवा पुगेको भन्दै हवाई सेवा बन्द ग¥यो । तर हवाई सेवा बन्द भएपछि यहाँका बासिन्दाले वर्षमा आधा समयमात्र सडक सेवा उपभोग गर्न पाए ।
कच्ची सडक बाढी र पहिरोले भत्किँदा सुदूरपश्चिमका पहाडी जिल्लाका बासिन्दाले बर्सेनि यात्राका लागि हैरानी खेप्नु परिरहेको छ । सरकारी उदासीनताका कारण करोडौँको लगानीमा निर्माण गरिएका सुदूरपश्चिमका आधा दर्जन विमानस्थल बेकम्मा भएका छन् ।
बैतडीको पाटन विमानस्थल १६ वर्षदेखि बन्द छ । विमानस्थल छेउ भएर सडक खनिएको छ । केही वर्षअघिमात्र गरिएको ओटासिल प्रविधिको कालोपत्रे खुइलिएको छ । ठाउँठाउँमा खाल्डाखुल्डी हुँदा समयमै गन्तव्यमा पुग्न नसकिने स्थिति छ । सरकारले २०३७ सालमा हवाई मैदान निर्माण सुरु गरेको थियो । २०४२ सालदेखि हवाई सेवा सुचारु भएको हो । तर आठ वर्षपछि बन्द गरियो ।
यस्तै, दार्चुलाको गोकुलेश्वर हवाई मैदानको हालत पनि पाटनकै जस्तै छ । यहाँसम्म कच्ची सडक त बनेको छ तर वर्षमा छ महिना मुस्किलले सञ्चालनमा आउँछ । “सडकको भर हुँदैन, बस चढेरभन्दा हिँडेरै बढी यात्रा गर्छौं,” गोकुलेश्वर बहुमुखी क्याम्पसका शिक्षक पशुपतिनाथ भन्नुहुन्छ – “हवाई सेवा सञ्चालन गरिए आपत्कालीन अवस्थामा प्रयोग गर्न सकिन्थ्यो ।” २०५० सालमा यात्रु अभावका कारण देखाउँदै हवाई सेवा बन्द गरिएको थियो । “सडक र हवाई सेवा दुवै सञ्चालन गरिनुपर्छ,” शिक्षक नाथ जोड दिनुहुन्छ । अपी र नाम्पा हिमाल अवलोकन र आरोहण गर्न आउने पर्यटकले सास्ती खेप्नुपरेको उहाँले बताउनुभयो । “आवतजावत गर्न असहज हुँदा पर्यटक आउन छाडेका छन्,” उहाँले भन्नुभयोे ।
पाटन र गोकुलेश्वर हवाई मैदान जस्तै डोटीको दिपायल र अछामको साँफेबगर विमानस्थल वर्षाैंदेखि बन्द छन् । बझाङको चैनपुर विमानस्थल फाटफुट सञ्चालनमा छ । हवाई मैदान सञ्चालनमा ल्याउन स्थानीय बासिन्दाले विभिन्न निकायमार्फत आग्रह गरिरहेका छन् । तर सुनुवाइ अझैसम्म भएको छैन ।
हवाई सेवा बन्द गरिँदा सुदूरपश्चिमको पर्यटन क्षेत्रमा नराम्रो धक्का पुगेको छ । विस्तारै सबै जिल्लालाई सडकले छोए पनि भरपर्दो सेवा हुन सकिरहेको छैन । पटक पटकको बन्द हड्तालले सडकमार्ग हवाई मार्गभन्दा महँगो हुन थालेको छ ।
यात्रुले हप्तौं बाटोमै अलपत्र पर्नुपर्ने स्थिति छ । “राजधानीसितको हवाई सेवाभन्दा पनि सुदूरपश्चिमको आन्तरिक सेवामा बढी जोड दिनुपर्छ,” महेन्द्रनगरस्थित पर्यटन व्यवसायी परमानन्द पाण्डेय भन्नुहुन्छ – “यसले सुदूरपश्चिमको पर्यटनमा मद्दत पुग्छ ।” यातायातको पहँुच नहुँदा पर्यटकीय क्षेत्र ओझेलमा परेको उहाँको ठम्याइ छ । “साधन स्रोतको अभावले खप्तड, अपी, बडिमालिका, शुक्लाफाँटालगायतका पर्यटकीय क्षेत्रबारे सुदूरपश्चिमवासी नै अपरिचित छन्,” पर्यटन व्यवसायी पाण्डेय दुःखेसो पोख्नुहुन्छ ।
सबै ठाउँमा हवाई सेवा बन्द हुँदा मैदानमात्र होइन, यहाँ रहेका भवनसमेत खण्डहर बनेका छन् । घाटा भएको भन्दै बन्द गरिएको सेवा सुचारु गर्न माग गर्दै स्थानीय जनताले धेरैपटक मन्त्रालयसम्म धाएका छन् ।
हवाई मैदानको सुरक्षा गर्न वायु सेवा निगमले कर्मचारीसमेत राखेको छैन । गोकुवरमा त भवनमा गाईवस्तु बाँध्ने गरेका छन् स्थानीयवासीले । भत्केका सडक समयमै मर्मत नगर्दा सुदूरपश्चिमका बासिन्दा सडक सेवाबाट समेत वञ्चित हुँदै आएका छन् ।
“आर्थिक, सामाजिक र पर्यटकीय महत्वका हिसाबले सरकारले सबै विमानस्थललाई तत्काल सुचारु गर्नुपर्नेमा जोड दिन्छन्,” पाटन क्याम्पसका प्राध्यापक लक्ष्मीदत्त पाण्डेय । “पर्यटन वर्ष, २०११ मनाउनुअघि नै सुदूरपश्चिमको हवाई सेवा सञ्चालनमा ल्याउनुपर्छ,” उहाँले भन्नुभयो । सुदूरपश्चिममा हाल कैलालीको धनगढी र बाजुराको मार्तडीमा मात्र हवाई सेवा सञ्चालनमा छ ।

Posted in:
समाचार
0 comments for "दशकदेखि सुनसान सुदूरका आधादर्जन विमानस्थल"
Leave a reply